माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा गोविन्द पौडेल

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा गोविन्द पौडेल चयन हुनुभएको छ । पौडेल यसअघि पार्टीको जिल्ला कमिटिको अध्यक्ष हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रको काठमाडौैंमा बसेको केन्द्रिय कमिटि बैठकले पौडेललाई म्याग्दीको इन्चार्ज तोकेको हो ।

पौडेल विं.सं २०६४ को पहिलो संविधान सभा निर्वाचनमा म्याग्दीबाट निर्वाचित हुनुभएको थियो । पौडेल तत्काल नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा म्याग्दीको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार