जापानले मोडेर्नाको खोप लगाउन रोक लगायो

एजेन्सी । जापान सरकारले कोरोना भाइरसविरुद्दको मोडेर्ना खोप लगाउन बन्देज लगाएको छ । खोपमा तोकिएको भन्दा फरक तत्वको मिसावट भएको भन्दै खोप प्रयोग नगर्न निर्देशन दिएको छ ।

जापानको श्रम तथा स्वास्थ्य मन्त्रालयले उक्त खोपमा तोकिए भन्दा बढी बाध्य तत्वको मिसावट भएको भन्दै उक्त खोपको प्रयोग नगर्न स्थानीय सरकारहरुलाई निर्देशन दिएको छ।

मोडेर्ना खोपको जापान वितरक ताकेदा फार्मेसिटिकल कम्पनीका अनुसार जापानका ५ वटा प्रान्तको विभिन्न ठाउँमा वितरण भएको १६ लाख ३० हजार डोज खोप तत्काललाई नलगाउन निर्देशन दिइएको छ ।

जापानको आईची, गिफु, टोकियो, इबाराकी र साइतामा प्रान्तहरुमा वितरण भइरहेका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिसिएको जानकारी स्वास्थ्य मन्त्रालयले आज बिहान जानकारी गराएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार, एउटै लटमा एउटै कम्पनी (स्पेन) मा उत्पादन गरिएका १६ लाख ३० हजार डोज खोप ३ वटा लट नम्बर सहित जापान पुगेको थियो । ३००४६६७, ३००४७३४ र ३००४९५६ लट नम्बरका खोपहरुमा त्यस्ता बाह्य पदार्थ मिश्रण भएको बताइएको छ ।

सबै खोपहरुमा मिसावट हो या केही बोत्तलमा मात्र हो ? भन्नेबारे अनुसन्धान भइरहेको जनाइको छ । हालसम्म यो खोप लगाएका व्यक्तिहरुको स्वास्थ्य खरावी नआएको ब्लुमवर्गले जनाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार