भालुको पित्तसहित ढोरपाटनबाट एकजना पक्राउ

बागलुङ । ढोरपाटनमा भालुको पित्तसहित एक जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ बाट भालुको पित्तसहित एक जना पक्राउ परेका छन्।

ढोरपाटन नगरपालिका वडा नम्बर ४ को हुन्द्रफेदीमा बस्दै आएका ४२ वर्षीय चित्र बहादुर शेरवुर्जालाई भालुको पित्तसहित प्रहरीले रंगेहात पक्राउ गरेको हो । सुराकीको आधारमा खानतलासी गर्दा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक विजय भण्डारीले बताउनुभयो ।

दुर्लभ वन्यजन्तु भालुको पित्तको अवैध कारोबार भई रहेको भन्ने विशेष सुचना प्रहरीलाई प्राप्त भएको थियो । बुधबार साँझ ५ बजे प्रहरी हुन्द्रफेदी पुगेको र लुकाई राखेको भालुको पित्तसहित शेरवुर्जालाई पक्राउ गरिएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिनुभयो ।

दुर्लभ वन्यजन्तु भालुको पित्त (करिव २५० ग्राम) सहित पक्राउ परेका शेरवुर्जालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको छ । आवश्यक अनुसन्धानका लागि जिल्ला ल्याइँदै गरेको भण्डारीको भनाई छ । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार