ललितपुरबाट नगदसहित ११ जना जुवाडे पक्राउ

ललितपुर । प्रहरीले ललितपुरबाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ। महालक्ष्मी नगरपालिका ३ महर्जन चोकस्थित सुनिल महर्जनको घरमा जुवा खेलिरहेकाहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा महालक्ष्मी ३ का अनिल महर्जन, मनोज दाहाल, केदार नेपाल, दिनेश केसी, भक्तपुर दधिकोटका आनन्द लामा, ललितपुर ९ का विजय जिम्बा, निरोज तामाङ, राजकुमार श्रेष्ठ, सन्तोष केसीलगायत छन् । उनीहरूको साथबाट २ लाख ३८ हजार रूपैयाँ नगद बरामद भएको ललितपुर परिसर प्रमुख एसएसपी किरण बज्राचार्जले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार