चिनाकोटमा पुर्वाधार निर्माण

दर्पण रोका मगर
बरंजा । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जा खानीगाउँ स्थित पर्यटकिय चिनाकोटमा पुर्वाधार निर्माण भएको छ । भु –तथा जलाधर ब्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ र स्थानीयको श्रमदानमा पदमार्ग ,खानेपानी र सार्वजनिक शौचालय निर्माण गरिएको हो ।

समुन्द्री सतह देखि दुई हजार २ सय मिटर उचाईमा अवस्थित ऐतिहासिक चिनाकोट घुम्न आउने पाहुना तथा पर्यटकको सुविधाका लागि पुर्वाधार निर्माण गरिएको झाक्रीपानी चिनाकोट पुर्बधार निर्माण उपभोक्ता समितिका अध्यक्ष रन बहादुर रोकाले बताउनुभयो ।

उहाँका अनुसार ,सेप्रेको मुहानबाट तीन वटा इन्टेक ,चार हजार पाँच सय लिटर क्षमताको दुई वटा रिजर्भ टंकी बनाइएको छ भने उपभोक्ताका लागि दुई हजार पाँच सय मिटर पाइपबाट ल्याएर एक वटा धारा निर्माण गरिएको छ । दायाँबायाँ रेलिङ, ९० मिटर पक्की र ७५ मिटर ढुङ्गाको सिढी सहितको दिमार्ग निर्माण भएको । पदमार्ग नहुँदा यस अघि चिनाकोट जाने पाहुना र पर्यटकलाई समस्या हुने गरेको थियो । चिनाकोटमा पुर्वाधार निर्माणका लागि स्थानीयबासीले श्रमदान र स्थानीय ५३ जनाले दुई महिना काम गरेका थिए ।

आर्थिक बर्ष २०७७÷०७८ मा बीस लाख रुपैयाँ बजेट विनियोजन भएकोमा आयोजना व्यवस्थापन खर्च बापतको ८० हजार रुपैयाँ घटाएर १९ लाख २० हजार रुपैयाँ भुक्तानी गरिएको भु–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको म्याग्दी स्थित सम्पर्क इकाईका संरक्षण अधिकृत शम्भुकुमार मित्रले जानकारी दिनुभयो ।

चिनाकोटमा बाइसे चौबिसे राज्यको पालामा दरबार थियो । ऐतिहासिक महत्वका खुँडा ,तरबार ,ढाल ,खुकुरी लगायत चिनाकोट दरबारका हतियारलाई थर्पुकोटमा सुरक्षित राखिएको छ ।त्यहाँ रानिले कपाल कोर्ने ठाउ,पानी राख्ने पधेरा सुरक्षाको लागी बनाईएको बङकर र भग्नाअबशेष दरबार अझै रहेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको चिनाकोटमा पुर्वाधार निर्माण र प्रचारप्रसारमा स्थानीय तहले ध्यान दिनुपर्ने चिनाकोट युवा कलबका अध्यक्ष गमश रोकाले जोड दिनुभयो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार