प्रदीप नेपालद्धारा माधव नेपालको पार्टी परित्याग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गर्नुभएको छ । पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिनुभएको छ ।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उहाँको आरोप छ । “तपाईं पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो,” नेपालले भन्नुभएको छ ।

नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गर्नुभएको छ । “माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ,” नेता नेपालले सामाजिक सञ्जालमा लेख्नुभएको छ। नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार