कांग्रेसले मिलायो क्रियाशील सदस्यता विवाद, अझै १३ जिल्लामा अधिवेशन अन्यौलमा

काठमाडौँ । नेवाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाएपनि १३ जिल्लाको अधिवेशन अन्यौल कायमै रहेको छ । तर, ढिला गरि टुङ्गिएको सदस्य विवादको कारण प्रदेश नम्बर २ का ८ सहित देशका विभिन्न १३ जिल्लामा मंगलबार वडा अधिवेशन हुने सम्भावना कम रहेको छ ।

सदस्या विवाद समाधान भएको प्रदेश २ का ८ जिल्ला, रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतका वडा अधिवेशन अन्यौलमा परेको छ । कांग्रेसले भदौ १८, २२ र २५ गते गरी ५७ जिल्लामा अधिवेशन गरिसकेको छ । बाँकी २० जिल्लामा वडा अधिवेशन असोज ५ गते तोके पनि तीमध्ये ७ जिल्लामा मात्रै अधिवेशन गर्ने तयारी रहेको छ । अहिलेसम्म अन्य जिल्लाको क्रियाशील सदस्यको नाम सार्वजनिक भएको छैन ।

१३ वटा जिल्लाका क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म सावैजनिक गरेको छैन । अब यो १३ को क्रियाशील सदस्यको नामावली सार्वजनिक भएपनि तोकिएको समयमा अधिवेशन गर्नको लागि निर्वाचन अधिकृत खटाउन समय अभाव हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार