एजेन्सी । अफगानिस्तानको सत्तामाथि कब्जा हासिल गर्ने तालिबानका प्रवक्ताले मन्त्रीको शपथ ग्रहण समारोह हाल आफ्नो योजनामा नभएको बताएका छन् ।
तालिबानका प्रवक्ता सुहैल शाहीनले एक बयान जारी गरेर मन्त्रीमण्डलको शपथ ग्रहण समारोह आयोजना गर्ने योजना सुरुमा भएको तर हालका लागि यो रोकिएको बताउनुभयो । पत्रिका जंगका अनुसार तालिबानका प्रवक्ताले शपथ ग्रहण समारोहका लागि अन्य देशका नेतालाई बोलाउनु पर्ने, उनीहरुको प्रोटोकलको पालना गर्नुपर्ने र यी सबैका लागि थप समय चाहिने बताउनुभयो ।
अर्कोतर्फ अफगानिस्ताका जनतासम्म सेवा पनि पुर्याउन अत्यावश्यक भएकोले तालिबानको शीर्ष नेतृत्वले हाल मन्त्रीमण्डल विस्तार गरेको र उनीहरुको शपथ ग्रहण समारोह हालका लागि रोकिएको सुहैल शाहीनले बताउनुभएको छ । ratopatiबाट