आर्थिक वर्ष २०७८/७९ को बजेट राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौँ । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको छ । बिहिबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गर्नुभएको थियो।

अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले पारित गर्नुभएको हो । प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाएको थियो । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाबाट पारित भएको सो विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले समेत स्वीकृत गरेको सो विधेयक अब राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेगरी सकिएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार