कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन

बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८स्थित कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष संचालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बसपार्कमा आउँदै गरेको विजयादशमी ,दिपावली लगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि सहायता कक्ष स्थापन गरेका हुन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसी ,प्रमुख जिल्ला अधिकारी गाणेशबहादुर अधिकारी ,प्रहरी नायव उपरिक्षक श्यामकुमार राई ,सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वका प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुङ ,राष्ट्रिय अनुसन्धान अधिकृत महेश गुरुङ लगायतको उपस्थितीमा सहायता कक्षा सुरुवात गरिएको हो ।

सहायता कक्षमा ट्राफिक र जनपथ प्रहरी नियमित खटिने भएका छन् । कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने ,सुचना संकलन गर्ने र कोभिड –१९ को बारेमा सचेतना जगाउँदै मास्क लगायत स्वासथ्य सामाग्री वितरण गरिने जिल्ला ट्राफिक कार्यालय म्याग्दीले जनाएको छ । चाडपर्वको समयमा यातायात मजदुर तथा व्यवसायीले तोकिएको भन्दा बढी भाडा लिने ,सिट क्षमता भन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपु¥याई बिच बाटोमै छाडिदिने ,यात्रुका सामान हराउने लगायत गुनासा यात्रुबाट आउने गरेकाले सहयायता कक्षबाट समाधान गरिने प्रहरीको भनाई छ ।

चाडपर्वको समयमा चाप हुने ,सुरक्षा चुनौती रहने र यातायात मजदुर लगायतबाट यात्रु ठगिने सम्भावना हुने भएकोले सोको न्युनिकरणका लािग सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रनाउ राईले बताउनुभयो । ‘नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ,’उहाँले भन्नुभयो । चाडपर्वलाईलक्षित गरेर प्रहरीले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनको तयारी थालेको छ । प्रहरीले बिगत बर्षमा समेत दशैदेखि छठ पर्व सम्म सहका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार