देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार पुन

  लिलकुमारी पुर्जा मगर

लिलकुमारी पुर्जा मगर

बेनी ।देविस्थान बेनी सम्पर्क समितिको अध्यक्षमा सुवेदार कृष्ण बहादुर पुन चयन हुनुभएकाे छ । शनिबार बेनीमा सम्पन्न  सम्पर्क समितिको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशबाट सुवेदार पुनको अध्यक्षतामा १३ सदस्यीय सहित सर्वसम्मत रुपमा समिति चयन गरिएको हो ।

उपाध्यक्षमा तारासिङ बुढा र लाल माया पुर्जा सचिवमा सन्दिप बिक,सह–सचिवमा ज्ञानु राना फगामी र लेखत बुढाथोकी ,कोषाध्यक्षमा लक्ष्मी पुन पुर्जा रहनुभएको छ । त्यस्तै सदस्यहरुमा देवेन्द्र  फगामी , दिल बहादुर रसाईली , ध्रुव शेरचन घर्ति , यमसरा बुढा , खिरमति पुन , भिम राना र लिला पुर्जा रहनुभएको छ । त्यस्तै समितिको सल्लाहाकारहरुमा निर्वमान अध्यक्ष सुवेदार दिल बहादुर पुन , लोक मल्ल , सुर्यलाल पुर्जा र रन बहादुर फगामी रहनुभएको छ ।

देविस्थान सम्पर्क समितिको स्थापना २०७५ साल साउन २६ गते भएको थियो । उक्त समितिले म्याग्दीको सदरमुकाम बेनीमा बस्ने देविस्थानवासी लगायत सम्पूर्ण देविस्थानवासीहरुलाई आपत–विपद्काे समयमा सहयोग गर्दै आइरहेको छ । तीन वर्षिय कार्यकालको समिक्षा गर्दै निवर्तमान सुवेदार दिल बहादुर पुनले आफ्नो कार्यकालको अवधिमा सहयोग गर्ने सम्पूर्ण देश विदेशमा रहनुभएका देविस्थानवासीहरुलाई धन्यवाद व्यक्त गर्दै आफु समितिमा नरहेपनि समितिका लागि सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।सुवेदार दिल बहादुर पुनको अध्यक्षतामा शुरु गरिएको कार्यक्रमकाे सञ्चालन सचिव सन्दिप बिकले गर्नुभएकाे थियाे ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार