मुक्तिनाथ बहुउद्देश्यीय सहकारीको लगानी ४३ करोड

बेनी । म्याग्दी सदरमुकाम बेनीमा संचालित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ५ लाख ८६ हजार ९ सय १४ रुपैयाँ लगानी गरेको जनाएको छ ।सहकारीको शनिबार सम्पन्न गरिएको १४ औं वार्षिक साधारणसभामा सहकारीले कोरोना संकटका विच पनि अघिल्लो आर्थिक वर्ष भन्दा ३७ प्रतिशतले लगानी वृद्धि गरेको अध्यक्ष लिलाराम गौतमले जानकारी दिनुभयो । सहकारीको सेवालाई ग्रामिण भेगमा विस्तार गर्न अन्य दुई सहकारीलाई मर्ज गरेर सेवा केन्द्र सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २० प्रतिशतले बचत संकलन गर्न सहकारी सफल भएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सहकारीले ४२ करोड ४१ लाख ३३ हजार ८ एकसय ६१ रुपैयाँ बचत संकलन गरेको जनाएको छ । कोरोना संकटका विच पनि सहकारीले शेयर सदस्यहरुको साथ र सहयोगमा आर्थिक कारोवारलाई वृद्धि गर्न सफल भएको अध्यक्ष गौतमले बताउनुभयो ।

साधारणसभामा अध्यक्ष गौतमले गत वर्ष ३ करोड ६२ लाख ९८ हजार २०० रुपैयाँ थप गरी सहकारीको कुल शेयर पुँजी ७ करोड ८१ लाख ६१ हजार दुई सय पु¥याएको जानकारी दिनुभयो । कोरोना महामारीका कारण समस्यामा परेका ऋणीहरुको व्याजमा ५ प्रतिशत छुट गरेको साधारणसभामा जानकारी दिइएको थियो । लकडाउनमा पनि सेयर सदस्यहरुलाई आवश्यक परेको समयमा सेवा प्रदान गरिएको सहकारीले जनाएको छ ।

साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि गण्डकी प्रदेशसभाका सदस्य विनोद केसीले सहकारीहरुलाई जनमुखी बनाउन सरकारले ल्याएको कानुन र ऐनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।केही सहकारीहरु कानुन भन्दा बाहिर गएर साहुँमहाजन जस्ता भएकाले उनीहरुलाई जनमुखी बनाउन सहकारी कानुन र ऐन बनेको उहाँले बताउनुभयो । साना सानो पुँजीलाई संकलन गरेर उत्पादनशिल क्षेत्रमा लगानी गरी आर्थिक समृद्धि हासिल गर्न सक्ने बलियो आधार सहकारी भएको उहाँले बताउनुभयो ।

सधारणसभामा सहकारीले उत्कृष्ट कारोवार गर्ने शेयर सदस्य र कर्मचारीहरुलाई नगद र प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको थियो । साथै नवविकल्प साप्ताहिकका सम्पादक तथा गोरखापत्र दैनिकका समाचारदाता पत्रकार ठाकुरप्रसाद आचार्यलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।जिल्ला सहकारी संघका सचिव ज्योती लामिछानेले कोभिडका कारण आर्थिक क्षेत्र संकटमा परेको बताउनुभयो । उहाँले सहकारीले आफ्नो उद्देश्य अनुसारको कारोवार गरेमा समाजलाई उन्नती र प्रगतिमा लैजान सकिने विचार व्यक्त गर्नुभयो ।

साधारणसभामा बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराइली, सहकारीका सल्लाहकार कोषानन्द आचार्य, मौवाफाँट सेवा केन्द्रका संयोजक जयराम सुवेदी,घतान सेवाकेन्द्रका संयोजक रुद्रबहादुर रेग्मी, सहकारीको वरिष्ठ सदस्य देवी जिसीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।अध्यक्ष गौतमले संस्थाको आगमी योजना सहितको बार्षिक प्रतिवेदन,सचिव डण्डपाणी पराजुलीले प्रगती, कोषाध्यक्ष चिरञ्जीवी बोगटी आर्थिक, लेखा समिति संयोजक नारायणप्रसाद सुवेदीले लेखाप्रतिवेदन र शिक्षा उपसमितिका संयोजक याम बहादुर चोखालले शिक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

२०६५ सालमा स्थापना भएको सहकारीले बेनीमा रहेको न्यू निलगिरि बचत तथा ऋण सहकारी संस्था र घतानमा रहेको घतान ग्रामिण सहकारी संस्थालाई गाभेर ४ सय ५५ जना शेयर सदस्यहरु पु¥याएको छ । सचिव पराजुलीले सञ्चालन गरेको साधारणसभामा उपाध्यक्ष दण्डपाणी सापकोटाले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार