तलब दिने सहमति पछि आन्दोलन फिर्ता ,बेनी अस्पतालको सेवा सुचारु

बेनी । बुधबार विहान देखी तलबको माग गर्दै बेनी अस्पतालमा आन्दोलनरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारी काममा फर्किएका छन् । साँझ अन्दोलनरत पक्ष ,अस्पताल प्रशासन ,जिल्ला प्रशासन कार्यालय ,प्रदेश सरकारले पठाएका लेखापाल नारायण सुवेदी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधि विच रोकिएको तीन महिनाको तलब उपलब्ध गराउने समहमति भएपश्चात चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारी नियमित काममा फर्किएकाे अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डाक्टर जितेन्द्र कँडेलले जानकारी दिनुभयो ।

याे पनि…

https://myagdinews.com/2021/10/%e0%a4%ac%e0%a5%87%e0%a4%a8%e0%a5%80-%e0%a4%85%e0%a4%b8%e0%a5%8d%e0%a4%aa%e0%a4%a4%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a4%be-%e0%a4%9a%e0%a4%bf%e0%a4%95%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b8%e0%a4%95/

उहाँका अनुसार अस्पतालमा कार्यरत सबै चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई भोली विहिबार विहान सम्म तलब भत्ता उपलब्ध गराउने सहमतिपछि बन्द सबै सेवाहरु सुचारु भएको छ । अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारी गरी १२४ जनाको तलब भत्ता असार महिनादेखी रोकिएको थियो ।

आन्दोलनका कारण अस्पतालमा इमरजेन्सी शाखा बाहेकका सबै बन्द भएको थियो । सेवा अवरुद्ध हुँदा अस्पतालमा उपचार सेवा प्रभावित भएको थियो। ६४ शैय्या बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प भएको थियो । औषधी उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आकस्मिक कक्ष अगाडी धर्ना बसेका थिए । बहिरंग ,ल्याब ,आँखा उपचार लगायत औषधी सम्बन्धी सेवाका सकाथै प्रशासनिक काम ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार