आज सेयर कारोबार नहुने

काठमाडौँ । बिहीबार धितोपत्र (सेयर बजार) मा कुनै कारोबार हुने छैन । किनकी यस दिन हिन्दु धर्मालम्वीहरुको महान चाड दशैंको पहिलो दिन अर्थात् घटस्थापना हो । सरकारले घटस्थापनाको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोही कारण यसदिन सेयर बजार पनि बन्द रहनेछ ।

आज सेयर कारोबारका लागि साताको अन्तिम कारोबार दिन समेत रहेकाले अब एकैपटक आइतबार मात्र बजार खुल्नेछ । गत बुधबार नेप्से सूचक ६८.४७ अंकले बढेर २६ सय ८१.१० बिन्दुमा अडिएको छ । जसमा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार