बझाङ । दुई दिनदेखि पहिरोमा परी बेपत्ता भएकाहरुमध्ये दुई जनाको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएका नरे पार्कीका ७ वर्षीय छोरा आयुष पार्की र एक जनाको सनाखत हुन बाँकी रहेको छ ।अहिले बझाङको मौसम अनुकुल भएकाले खोजिकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन् ।
लगातारको वर्षाका कारण मंगलबार बिहान ४ बजे थलारा गाउँपालिका वडा ४ डिक्लामा पहिरो जाँदा एकै परिवारका १८ र अर्को परिवारका ५ जना गरी २३ जना बेपत्ता भएका थिए ।बेपत्ता भएकाहरुको खोजी र विस्थापितहरुका लागि राहत सामाग्री र औषधिसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत ७२ घन्टापछि रेस्क्यु टोली घटनास्थल पुगेको हो । नागरिक खबरबाट