ओलीलाई रावलको जवाफ: १० बुँदे ‘एकतारे’ होइन ११ तारे विगुल हो

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष डा.भीम रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताउनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति अर्थहीन रहेको अभिव्यक्ति दिएपछि उपाध्यक्ष भीम रावलले सामाजिक संजाल ट्विटर मार्फत असन्तुष्टि जनाउनुभएके हो । रावलले ट्विटमा लेख्नुभएको छ, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ।’

ओलीले बुधवार काठमाडौंमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा १० बुँदे सहमतिको ‘एकतारे’ बजाइरहनु आवश्यक नभएको भन्दै सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । ‘१० बुँदेको केजाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन।

एक ठाउँ मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क ! अब कति बजाउने ट्याङट्याङ ? ,’ उहाँले भन्नुभयो। ‘अब के १० बुँदे, १० बुँदेरु हाम्रो पार्टी, हामीले बनाएको पार्टी अलिअलि साथीहरूले बाटो बिराउनुभएको होला। फर्केर आउने काम गर्ने सिद्धियो त ! माधव नेपालसँग झुक्किएर गएका बाटो बिराएका पनि फर्क भनिरहेका छौं त,’ उहाँले भन्नुभयो। उहाँले माधव नेपाललाई मिलाउन र पार्टी फुटाउन नदिन १० बुँदे गरिएको बताउनुभयो। उहाँले नेपाल समूहबाट फर्किएकाहरुलाई कुनै भेदभाव नगरिने बताउनुभएको थियो।nagariknews.nagariknetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार