बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा अमर छन्त्याल निर्वाचित हुनुभएको छ । बेनीमा सम्पन्न चौथो महाधिवेशनले म्याग्दीको गुर्जा जन्मघर भई हाल अमेरिकामा बसोवास गर्नु हुने छन्त्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन मण्डलका संयोजक सुवाष कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी वरिष्ठ उपाध्यक्ष डदिवल खड्का (जापान),उपाध्यक्षहरू सुर्य भट्टचन (पोर्चुगल),जंग वहादुर पुन (युके),नन्द गर्वुजा(युएई),महिला उपाध्यक्ष पुर्णिामापाईजा(हङकङ),महासचिव हरि रामजालि(अष्ट्रेलिया),सचिव सुनेश केसि(दक्षिण कोरिया),विष्णु बरूवाल सुवोध (साउदि) निर्वाचित हुनुभएको छ । यसैगरि प्रवक्तामा हिक्मत श्रेष्ठ, कोषाध्यक्षमा महेन्द्र खड्का (जापान) निर्वाचित हुनुभएको निर्वाचन संयोजक श्रेष्ठले जानकारी दिनुभयो । अधिवेशन कार्तिक २ गते बेनिमा सुरू भएको थियो ।