प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु : मुख्यमन्त्री आचार्य

मोरङ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

यस्तै, धनकुटामा ७, सोलुखुम्बुमा १, मोरङमा ६, उदयपुरमा २, भोजपुरमा १ जनाको मृत्यु भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री आचार्यका अनुसार प्रदेशभर ४० वटा घर बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएको छ भने एक हजार ८२५ घरमा आंशिक क्षति भएको छ । उहाँले घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारका साथै घर पूर्ण रुपमा क्षति भएका परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताउनुभयो ।

आंशिक क्षति भएका घरका सन्दर्भमा प्रति परिवार ३५ हजार र सामान्य क्षति भएका घरको सन्दर्भमा प्रति परिवार १५ हजार रुपैयाँ दिने निर्णय भएको उनले बताउनुभयो। प्रदेशभर १० हजार हेक्टरमा फलेको धान नष्ट भएको उहाँले जानकारी दिनुभयो । प्रदेशको कुल धान बालीमा १५ प्रतिशत नष्ट भएको अनुमान गरिएको पनि बताउनुभयो। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार