अमेरिकाले उपलव्ध गराउने १ लाख फाइजर खोप भोलि आइपुग्ने

काठमाडौँ । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो ।

अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर–किशोरीलाई लगाइने स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । खोप सोमबार अर्थात भोलि नेपाल आइपुग्ने पौडेलले बताउनुभयो। खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उहाँले बताउनुभयो । तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने जनाइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार