शितगंगामा फैलियो झाडापखलाको प्रकोप

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–११ खरयवट्टी गाँउमा झाडापखालाको प्रकोप फैलिँदा ५३ जना बिरामी परेका छन् । खयरवट्टी स्थानीयमा झाडापखाला लाग्ने, वान्ता हुने समस्या देखिएपछि शितगंगा नगरपालिकाको स्वास्थ टोलीसमेत प्रभावित क्षेत्रमा पुगेको थियो ।

हालसम्म ५३ जना बिरामी परेको र गम्भीर बिरामी भएका पाँच जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरेर उपचार भइरहेको शितगंगा नगरपालकाको स्वास्थ शाखा सहसंयोजक दामोदर ढकालले जानकारी दिनुभयो ।प्राथमिक स्वास्थ केन्द्र ठाडाका चिकित्सक अजय चौधरी लगायतको स्वास्थकर्मी टोली प्रभावित क्षेत्रमा पुगेर उपचार गर्नुभएको हो।

दुषित पानीका कारण झाडापखला फैलिएको हुन सक्ने चिकित्सक चौधरीको अनुमान छ ।समस्या देखिएका बिरामीलाई खानपानमा सचेत रहन र औषधिको प्रयोग गर्न चौधरीले सुझाव दिनुभयो । केही दिनदेखि झाडापखालाको संकेत देखिएपछि गाउँमा बिरामी बढ्दै गएको वडा नम्बर ११ का अध्यक्ष कपिल आलेले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार