सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

काठमाडौँ । सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट आफ्ना शेयधनीहरुलाई १४।२५ प्रतिशत बोनस शेयर र ०।७५ प्रतिशत नगद लाभांश दिने भएको हो । गत आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको कायम चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ रहेको छ ।

यसबाट १५ प्रतिशत लाभांश वितरण गर्दा बैंकले १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँ खर्च गर्नेछ । जसमध्ये बोनस शेयर तर्फ १४.२५ प्रतिशतका १ अर्ब ५६ करोड २१ लाख २७ हजार र नगदतर्फ ०.७५ प्रतिशत अर्थात् ८ करोड २२ लाख १७ हजार २४४ रुपैयाँ खर्च हुनेछ ।लाभांश भने बैंकको साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार