होटल यतिले तिहार विशेष कार्यक्रम आयोजना गर्ने

लोक संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धन गर्ने सञ्चालक गौचनको भनाइ

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोक नजिकै सञ्चालनमा रहेको होटल यतिले तिहार विशेष लोक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । नजिकिँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर लोक संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको हो ।

मङ्गलबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना यही कार्तिक १६ गते होटल यतिमा तिहार विशेष कार्यक्रम आयोजना गर्न लागिएको होटलका प्रोप्राइटर बिमला गौचनले जानकारी दिनुभयो । २०७८ सालदेखि यति होटल सञ्चालन भएको ३९औं वर्षमा प्रवेश गरेको सुखद अवसर तथा होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृतिमा लोक सङ्गीतसहित तिहार विशेष कार्यक्रम गरिने यति होटलले जनाएको छ ।

लोक संस्कृतिको संरक्षणसहित आयोजना गरिएको कार्यक्रममा खुल्ला एकल नृत्य प्रतियोगिता, विश्वका १ सयजना प्रभावशाली महिलाको सुचीमा पर्न सफल म्याग्दीको बराङ्जाकी सपना रोकामगर तथा लोकगायिका धनकुमारी थापालाई सम्मान गरिने यति होटलका प्रोप्राइट बिमला गौचनले बताउनुभयो ।

नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई नगद सातहजार, द्वितीयलाई पाँचहजार र तृतीयलाई तीनहजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । म्याग्दी जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पर्यटन व्यवसायी समेत रहनुभएकी प्रोप्राइटर गौचनले जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) र त्यसैका लागि लामो समयसम्म जारी लकडाउनले थलो परेको पर्यटन व्यवसाय पछिल्लोपटक चल्मलाउन थालेको छ । लामो समय कोरोनाले थलिएको होटल व्यवसायलाई चलायमान बनाउन र पर्यटन प्रवद्र्धनसहित प्रचारप्रसार गर्न कार्यक्रम आयोजना गरिएको होटल यतिले जानकारी दिएको छ । असोज महिनाबाट लकडाउन हटाएर पर्यटकीय क्षेत्र खुला गरेसँगै पछिल्लोपटक आन्तरिक पर्यटकको आगमनले होटल व्यवसायले गति लिने अपेक्षा गरिएको छ ।

२०४० सालमा स्थापना भएको होटल यतिमा अहिले २५ वटा कोठा पर्यटक तथा पाहुनाका लागि रहेकोमा एक रातका लागि बास बस्नलाई कोठा र सभाहलमा गरी १ सयजना भन्दा बढीको क्षमता रहेको छ । सुन्दर, शान्त र मनोरम वातावरण रहेको होटल यतिमा आरामदायी बसाइका साथै अर्गानिक थकाली खाना, मुस्ताङमा पालेको च्याङ्ग्राको विभिन्न परिकार, आफ्नै करेसाबारीको अकबरे खुर्सानीको अचार तथा तरकारीको स्वाद चाख्न पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार