सेनिटाइजर कालोबजारी मुद्दामा कैफियत प्रतिवेदन माग्न सर्वोच्चको आदेश

काठमाडौं । सेनिटाइजर कालोबजारी गरेको आरोपमा थुनामा रहेका भारतीय नागरिकको मुद्दामा सर्वोच्च अदालतले ‘कैफियत प्रतिवेदन माग्ने’ आदेश गरेको छ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सो आदेश गर्नुभएको छ ।

जेठ २४ मा महानगरीय प्रहरी परिसर काठमाडौंले सानो भर्‍याङस्थित भारतीय नागरिक रोशन जैसवालले सञ्चालन गरेको सेनिटाइजर उद्योगमा छापा मारेको थियो । जैसवालले बिना दर्ता उद्योग सञ्चालन गरेको ‘क्लिन ह्याण्ड रव’ नामको सेनिटाइजर बरामद गरेको थियो ।

ठुलो परिमाणमा सेनिटाइजर बरामद गरेर प्रहरीले उनीविरुद्ध कालोबजार तथा सामाजिक अपराधसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । जैसवालले आफु थुना बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेर सर्वोच्चमा रिट हालेका थिए । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार