प्रधानन्यायाधीशमाथि लागेको आरोप न्याय क्षेत्रकै नमेटिने धब्बा : समाजवादी केन्द्र नेपाल

काठमाडौँ । समाजवादी केन्द्र नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि सुझाव दिएको छ । सो पार्टीका अध्यक्ष युवराज सफलले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरामाथि लागेको आरोप आरोपमात्र नभएर नेपालको न्याय क्षेत्रको एउटा नमेटिने कालो धब्बा भएको पनि उल्लेख गरेका छन् ।न्याय क्षेत्रलाई त्यो धब्बाबाट मुक्त गर्न प्रधानन्यायाधीशले राजीनामा दिनु नै पहिलो विकल्प भएको विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला अदालत, उच्च अदालत, विशेष र सर्वोच्च अदालतजस्ता निकायमा पीडितलाई न्याय दिनेभन्दा पनि सेटिङ मिलाएर फैसला गर्ने र पीडितलाई झन् पीडित बनाउने कार्य हुने हुँदा तत्काल सबै अदालत विघटन गरी त्यसको विकल्पमा नागरिक न्यायालय स्थापना गरी आम नागरिकलाई न्याय दिन पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।अदालतका सम्पूर्ण कर्मचारी, प्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पत्ति छानविन गरी आवश्यक कारबाही गर्न पनि सो पार्टीले सरकारसँग माग गरेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार