
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राजनीतिक पुनर्संरचनासँगै न्यायालय पुनर्संरचना गर्न नसक्दा न्यायालयभित्र समस्या उत्पन्न भएको बताउनुभएको छ । उहाँले न्यायालयभित्र अझैपनि केन्द्रीकृत मानसिकता रहेको आरोप समेत लगाउनुभयो ।
आइतबार बिहान विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा मुलुक संघीय व्यवस्थामा गएपनि त्यही अनुरुपको न्यायालय क्षेत्रमा पुनर्संरचना गर्न नसक्नु नै अहिलेको मुख्य समस्या बनेको छ । ‘मन्त्री श्रेष्ठले भन्नुभयो, ‘राज्यसत्तालाई अड्याउने सेना, प्रहरी, प्रशासन न्यायालय जस्ता अंगहरू छन्, तिनीहरू राजनीतिक परिवर्तनसँगै पुनर्संरचना हुनुपर्दथ्यो, सँगसँगै गर्नुपर्ने हुन्थ्यो, अहिलेको अवस्था यसैको नतिजा हो ।’
मन्त्री श्रेष्ठले एक अर्को प्रसंगमा उनले भूमि आयोगलाई पार्टीको भर्तीकेन्द्र बनाउन नहुने समेत बताउनुभएको छ । उहाँले आफु आयोगलाई पार्टीको भर्ती केन्द्र बनाउने भन्दा पनि छिट्टै नतिजा देख्ने गरी लागि परेको मन्त्री श्रेष्ठको भनाई थियो । ‘मैले अहिल्यै यो गर्छु, त्यो गर्छु भनेको छैन, गर्ने कुरा मात्रै भन्ने हो’ मन्त्री श्रेष्ठले भन्नुभयो, ‘आयोगलाई पार्टीको भर्तीकेन्द्र बनाउने होइन, छिट्टै नतिजा देख्नुहुनेछ ।’ रातोपाटीबाट