प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमकाबीच राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।

रथी दर्जामा पदोन्नति हुनुभएको राणा बलाध्यक्षमा नियुक्ति हुनुभएको हो। उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो। मिति २०७८ कात्तिक ११ गते बसेको मन्त्रिपरिषद बैठकले उपरथी सरोज प्रताप राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार