ओलीको टिप्पणी : कांग्रेस प्रचण्डपथमा लागिसक्यो

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी पहिलेजस्तो नरहेको टिप्पणी गर्नुभएको छ ।अहिलेको कांग्रेस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जे भन्यो त्यही मान्ने भइसकेको ओलीले टिप्पणी गर्नुभयो ।बुधबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसलाई आफ्नो पार्टी (एमाले)सँग एक्लै लड्न पनि चुनौती दिनुभयो ।

“कांग्रेस त प्रचण्डपथमा लागिसक्यो । बिपी, गणेशमान, कृष्ण भट्टराईको कांग्रेस कहाँ छ, प्रचण्डले जे भने कांग्रेस त त्यही बाटोमा हिँडिसक्यो,” ओलीले भन्नुभयो,“कांग्रेस कहाँ पुग्यो रु चुनावसम्मै कायम रहन्छ भनिरहेका छन् ।”ओलीले कांग्रेस बुढो भइसकेको टिप्पणी गर्नुभयो । “कसैसँग दम छ रु पुरानो नेपाली कांग्रेसलाई सोध्न चाहन्छौँ एक्लै लड्ने दम छ रु हिजोको कांग्रेस होइन अब बुढो भइसक्यो । अरुसँग तालमेल मिलाउँदा मिलाउँदै कहाँ पुग्ने हो थाहा छैन,” उहाँले भन्नुभयो ।

ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामु पहिचान बनाएको दाबी गर्नुभयो । “नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको थियो,” उहाँले भन्नुभयो,“तर, हामीले गरेको विकास विरोधी गठबन्धनलाई मन परेन ।”नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युत् खपत बढाउन आग्रह गर्न थालेको उहाँले बताउनुभयो । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

बिरामीलाई अस्पताल जान वडाले नि:शुल्क एम्बुलेन्स उपलब्ध गराउने

काठमाडौँ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ७ ले बिरामीलाई अस्पताल जानका लागि एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । बिरामीलाई स्थानीय स्वास्थ्य संस्थाबाट रिफर भई थप उपचारका लागि गोरखा जिल्ला अस्पताल…

thumbnail

योजना आयोगले सिफारिस नगरेका आयोजनाले बजेट नपाउने

काठमाडौँ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आयोगबाट सिफारिस नभएका आयोजनाले…

thumbnail

गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त…