माओवादी केन्द्रका जिल्ला सदस्य तथा वाइसियल रघुगंगा गाउँपालिका कमिटी संयोजक भण्डारी सहित ४५ जना कांग्रेस प्रवेश

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य तथा वाइसियल गाउँपालिका कमिटि संयोजक अर्जुन भण्डारी सहित ४५ जना नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित सिजल गाउँमा आइतबार एक कार्यक्रमका विच कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी ‘केबी’ र प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’का उपसभापति तथा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले कांग्रेस प्रवेश गरेकाहरुलाई पार्टी साधारण सदस्यता पत्र वितरण गर्नुभयो ।

कार्यक्रममा प्रवेश गरेका सबैलाई स्वागत गर्नुहुँदै उपसभापति भण्डारीले कांग्रेस म्याग्दीमा जनलहर बढेको बताउनुभयो । उहाँले कार्यकर्ताहरुको चाहना अनुसार आफुहरु अगाडी बढ्ने समेत बताउनुभयो । गाउँपालिका अध्यक्ष तथा प्रदेश सभा निर्वाचन क्षेत्रीय उपसभापति भण्डारीले कांग्रेस प्रति जनलहर बढेको बताउनुभयो ।

कांग्रेसको निति,सिद्धान्त र विचारबाट प्रभावित भएर आफुहरु काँग्रेस प्रवेश गरेको संयोजक तथा जिल्ला सदस्य भण्डारीले बताउनुभयो । उहाँले कांग्रेसमा रहेर संगठनको कार्यक्रम अनुसार अगाडी बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा इकाई सभापति राजकुमार भण्डारी रत्न लगायत कांग्रेस नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

thumbnail

कांग्रेस म्याग्दीका बानियाँद्धारा केन्द्रीय सदस्य र महतद्धारा प्रदेश उपसभापतिमा उम्मेद्धारी घोषणा (तस्बिर/भिडिओ)

म्याग्दी । नेपाली काँग्रेस म्याग्दीका नेता रेशमबहादुर बानियाँले केन्द्रिय सदस्य र नेत्रबहादुर महतले गण्डकी प्रदेश उपसभापतिमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । काँग्रेस म्याग्दीको पुर्व सभापति बानियाँ र पुर्व सहसभापति महतले बेनी स्थित…

thumbnail

बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन छलफल,सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन ७ दिने सुचना

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारलाई व्यवस्थित र सुन्दर बनाउन सरोकालाहरु विच छलफल भएको छ। म‌गलबार  बेनी नगरपालिकाको कार्यालयमा सरोकारवाहरुविच गरिएको छलफलले बेनी बजारलाई सुन्दर र ब्यवस्थित बनाउन होटल, फेन्सी खाद्यान्न, फलफूल…

thumbnail

थप २५५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ६९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा…