माओवादी केन्द्रका जिल्ला सदस्य तथा वाइसियल रघुगंगा गाउँपालिका कमिटी संयोजक भण्डारी सहित ४५ जना कांग्रेस प्रवेश

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला सदस्य तथा वाइसियल गाउँपालिका कमिटि संयोजक अर्जुन भण्डारी सहित ४५ जना नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित सिजल गाउँमा आइतबार एक कार्यक्रमका विच कांग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी ‘केबी’ र प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’का उपसभापति तथा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले कांग्रेस प्रवेश गरेकाहरुलाई पार्टी साधारण सदस्यता पत्र वितरण गर्नुभयो ।

कार्यक्रममा प्रवेश गरेका सबैलाई स्वागत गर्नुहुँदै उपसभापति भण्डारीले कांग्रेस म्याग्दीमा जनलहर बढेको बताउनुभयो । उहाँले कार्यकर्ताहरुको चाहना अनुसार आफुहरु अगाडी बढ्ने समेत बताउनुभयो । गाउँपालिका अध्यक्ष तथा प्रदेश सभा निर्वाचन क्षेत्रीय उपसभापति भण्डारीले कांग्रेस प्रति जनलहर बढेको बताउनुभयो ।

कांग्रेसको निति,सिद्धान्त र विचारबाट प्रभावित भएर आफुहरु काँग्रेस प्रवेश गरेको संयोजक तथा जिल्ला सदस्य भण्डारीले बताउनुभयो । उहाँले कांग्रेसमा रहेर संगठनको कार्यक्रम अनुसार अगाडी बढ्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा इकाई सभापति राजकुमार भण्डारी रत्न लगायत कांग्रेस नेताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार