ओखरबोटमा जिप दुर्घटना हुँदा चार जना घाइते

बेनी । बागलुङको तमानखोलाबाट म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ दरबाङ तर्फ आउँदै गरेको बोलेरो जिप ओखरबोटमा दुर्घटना भएको छ ।तमानखोला गाउँपालिका वडा नम्बर ४ बाट  दरबाङ तर्फ आउँदै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप मालिका गाउँपालिका वडा नम्बर ४, ओखरबोट स्थित  सडकमा ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार चार जना घाइते भएको ईलाका प्रहरी कार्यालय दरबाङका प्रमुख प्रहरी निरिक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते हुनेमा तमान खोला गाउँपालिका–४ की ७२ बर्षिया पोपसरा बुढा मगर ,१३ बर्षिय हेलिस बुढा मगर ,२० बर्षिय मिलन बुढा मगर र ४२ बर्षिया टकसरा बुढा मगर रहेका छन् ।चार जनालाई थप उपचारका लागि प्रभु हेलीकप्टरबाट उद्धार गरी काठमाडौं स्थित टिचिङ अस्पताल लगिएको छ । दिउँसो भिरालो सडकमा ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको थियो । स्थानीयका अनुसार जिपमा करिब ६ देखी ७ जना सवार रहेका उहाँले जानकारी दिनुभयो । अन्यको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार