लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने

काठमाडौँ । लिपुलेक–कालापानी क्षेत्रमा पनि जनगणना गरिने भएको छ । यसबारे बुधबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको हो ।

विभागका उपमहानिर्देशक हेमराज रेग्मीले भन्नुभयो,“यसपालीदेखि लिपुलेक, लिम्पयाधुरा र आसपासमा रहेका नेपाली भूमि र बस्तीहरुमा पनि जनगणना गरिने छ ।”राष्ट्रिय जनगणना कात्तिक २५ गतेदेखि सुरु हुँदै छ । यसअघि नै भइसक्नुपर्ने जनगणना कोरोना भाइरसका कारण ढिलोगरी सुरु हुन लागेको हो ।

यसअघि अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारीसँगै विभिन्न संघ संगठनहरुले उक्त क्षेत्रमा जनगणना सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए । उक्त क्षेत्रमा झन्डै ६ दशकयता भारत सरकारले कब्जा जमाउँदै आएको थियो । तत्पश्चात उक्त क्षेत्रलाई समेत समेटेर २०७७ जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालको नयाँ नक्सा पारित गरेको थियो । त्यसपछि नेपालले नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार