देउवाको घरमा कांग्रेस बैठक राखेकोमा प्रकाशमानको असन्तुष्टि

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा नभई सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेकोमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले असन्तुष्टि जनाउनुभएको छ । आइतबार देउवा निवास बूढानिलकण्ठमा कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो।

‘पार्टी केन्द्रीय समितिको बैठक सभापतिको घरमा राखिएको छ। केन्द्रीय कार्यालयमा राख्नुपर्‍यो नि,’ काठमाडौं महानगरका नवनिर्वाचित पार्टी समितिलाई बधाई ज्ञापन गर्न आज आयोजित कार्यक्रममा सिंहले भन्नुभयो, ‘पार्टी कार्यालय भवन के काम ? बूढानिलकण्ठ नदेखेको हो र ? उहाँ (देउवा) को घर बन्नुअगाडि देखि नै बुढानिलकण्ठ भगवानलाई प्रार्थना गर्न जान्थ्यौं।’

सभापतिले विधि प्रक्रियाविपरीत हुने गरी काम गर्दा आफूले डटेर सामना गर्ने गरेको पनि सिंहको भनाइ थियो।उहाँले क्रियाशील सदस्यतामा देखिएका समस्या नेतृत्वले समाधान नगर्दा ११६ दिनदेखि रौतहट कांग्रेसका नेता तथा कार्यकर्ता पार्टी कार्यालयमा धर्नामा बसेको पनि बताउनुभयो। setopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार