अधुरा पुर्वाधार योजनालाई पूर्णता दिन चौतर्फी दवाव

म्याग्दी । म्याग्दीमा संचालित अधुरा पुर्वाधार योजनाहरुलाई समयमै पूर्णता दिन निर्माण ब्यवसायीलाई चौतर्फी दवाव भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले निर्धारित समयमा पुर्वाधार योजनाहरुको काम सम्पन्न गराउन निर्माण ब्यवसायीलाई प्रतिवद्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सडक र पुल लगायतका पुर्वाधार निर्माणमा देखिएका समस्याहरु सरोकावालाहरुविचको समन्वयबाट समाधान गर्दै पुर्वनिर्धारित समयमै लागत अनुसारको गुणस्तर काम गर्न निर्माण ब्यवसायी प्रतिवद्धता जनाएको बताउनुभयो ।

कालीगण्डकी करिडोर आयोजना अन्तगरत म्याग्दी खण्ड, पुर्वाधार विकास कार्यालयद्वारा संचालित बेनी दरवाङ, गलेश्वर(भगवती, दरवाङदेखि धारापानी, बेनी( रत्नेचौर सडक, म्याग्दी नदी निर्माणधिन मोटरेपुल लगायतका एघार वठा योजनाहरुमा देखिएको समस्या समाधानका लागि जनप्रतिनिधि, राजनीतिक दल, पुर्वाधार विकास कार्यालय र निर्माण ब्यवसायी विच विकास योजनाहरुमा भएको समस्या हटाएरु पुणर्ता दिने विषयामा छलफल गरिएको थियो ।

गण्डकी प्रदेशकी पुर्व मन्त्री नरदेवी पुन, सांसद विनोद केसी, संविधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, एमाले अध्यक्ष हरिकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला संयोजक हरिकृष्ण श्रेष्ठले निर्माण ब्यवसायीले योजनाहरुमा ढिलासुस्ती गर्दा योजनाको लागत बढ्नुका साथै नागरिकले सास्ती पाएको गुनासो गर्नुभएको थियो । उहाँहरुले एकअर्काले आरोप लगाउने भन्दापनि योजनाहरुमा भएको समस्या समाधानमा सहकार्य गर्न आग्रह गरेका थिए ।

निर्माण ब्यवसायी महासंघका पुर्व अध्यक्ष तथा शर्मा युनाईटेड विल्र्डसका संचालक शकुन्तला हिराचनले प्राकृतिक विपतीले तोकिएको समयमै गलेश्वरदेखि नारच्याङसम्मको सडक सम्पन्न गर्न नसकेको स्विकार गर्नुभयो । निर्माण ब्यवसायी हिराचन र निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले नदीजन्य निर्माण सामाग्रीको अभाव, समयमै भुक्तानी नहुनु, विद्युत र खानेपानी पाईप ब्यवस्थापनमा ढिलाई, काम गर्ने क्षेत्रमा सामाजिक समस्याका कारण असर गरेको बताउदै समस्याहरुको समाधानमा जिम्मेवारी रुपमा सरोकारावालाहरुले साचो बढाइदिन आग्रह गरेका थिए ।

जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख र योजना निर्माण कार्यमा संग्लन निर्माण ब्यवसायीविच थपिएको समयमा काम सम्पन्न गराउन निर्माण कार्यका लागि आवश्यक ढुङ्गा, गिटी एवम् बालुवाको ब्यवस्थापनमा समन्वय एवम् प्रभावकारी अनुगमन गर्ने निणर्यमा प्रतिवद्धता जनाएका छन् ।

कालीगण्डकी करिडोर आयोजनाका प्रमुख जगत प्रजापति र पुर्वाधार कार्यालयका प्रमुख सन्तोष अर्यालले संचालित योजनाको भौतिक र वित्तिय प्रगति प्रस्तुत गर्नुभएको थियो । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले निर्माण व्यवसायीले योजनाहरु चैत मसान्तभित्र योजना सम्पन्न गराउन जनशक्ति र मेशिन परिचालनमा ध्यान दिन आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार