‘प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानुभएको छ कि छैन ?’: शम्भु थापा

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्गा गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले भ्रष्टाचारको प्रमाणसहित महाअभियोग दर्ता गर्न भन्नुभएको हो ।

उहाँले सत्ता गठबन्धन दलको बैठक बसेको जानकारी पाएको बताउँदै अब महाअभियोगमा अघि बढ्न भन्नुभएको हो । उहाँले आन्दोलन टुंगोमा नपुगी इजलास फर्किने न्यायाधीशहरुमाथि पनि प्रश्न उठाउनुभयो । “जो हतार हतार इजलासमा बस्नुहुन्छ, तपाईंहरुले प्रधानन्यायाधीशलाई सोध्नुस्, घुस खानुभएको छ कि छैन ?” यदि यो नसोधी जबराले तोकेको इजलासमा बस्ने हो भने उनीहरु पनि दूषित हुने थापाले बताउनुभयो । उहाँले प्रधानन्यायाधीशसहित आफूहरु पनि सम्पत्ति छानबिनमा सहभागी हुन तयार रहेको बताउनुभयो ।

“सर्वोच्चका न्यायाधीशहरु न्यायको खरिद बिक्री गर्ने, राजनीतिक नियुक्ति लिएको कुरा उठाउनुस् । हाम्रो वकिल बिचौलियाका कुरा हरिकृष्ण कार्कीको प्रतिवेदनमा छ,” उहाँले भन्नुभयो,“प्रधानन्यायाधीशज्यू आउनुस् । सबै भ्रष्टाचार छानबिन गरौँ । बारका अध्यक्ष सबैमाथि छानबिन गर्न तयार छौँ ।”सभाअघि कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नाराबाजी गरेका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार