
काठमाडौँ । काठमाडौँ भ्रमणमा रहेका बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताउनुभएको छ । पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा उहाँले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताउनुभएकको हो ।
‘भारतभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्’, उहाँले भन्नुभयो, ‘३० वर्षअघि मलाई कोही चिन्दैन थे । तर, त्यतिखेर पनि नेपालसँग परिचित थिएँ । अहिले सारा नेपालीले चिन्दछन् ।’भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको भन्दै उनले भने, ‘हाम्रो पूर्वज संस्कृति धर्मले हामी एकै हो । म राजनीतिक दृष्टिले भारतको नागरिक हुँ ।
सांस्कृतिक रूपले म विश्वकै नागरिक हुँ ।’ नेपाललाई अर्गानिक सामाजिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको बताएका उहाँले यसमा पतञ्जलिको पनि भूमिका रहेको बताउनुभयो ।सो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष राजनीतिज्ञहरू सहभागी हुनुहुन्छ । नागरिक खबरबाट