संगठन विस्तारमा लाग्न सभापति गर्बुजाको निर्देशन (तस्बिरहरु)

म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्ला कार्यसमितिका पदाधिकारी ,प्रदेश सभा ,पालिका र वडा सभापति सहित नेता तथा कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ । नेपाली काग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन हुनुभएका गर्बुजाले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिनुभयो । केही महिना पछि हुने स्थानीय तहको निर्वाचन अघिल्लो निर्वाचनका कमीकमजोरी तथा नयाँ योजना सहित जनताको माझमा जाने बताउँदै स्थानीय तह लगत्तै हुने प्रदेश र संघीय चुनावमा काँग्रेसलाई जिल्लामा पहिलो दल बनाउने आफ्नो कार्यसमितिको प्रमुख कार्यभार भएको बताउनुभयो ।

सहमति नभएका पदमा मतदानको प्रक्रियाबाट चुनिएपनि आन्तरिक एकतामा कुनै असर नगरेको भन्दै निर्वाचनमा सहभागी भएकालाई आफ्नो क्षमता अनुसारको उचित जिम्मेबारीका लागी सधै तयार रहेको बताउनुभयो । शनिबार पद तथा गोपनियताको सपथ लिदै सभापति गर्बुजाले पार्टीका अग्रजहरुको सम्मान तथा सुझावमा आगामी कार्यकाललाई समेत सफल बनाउने बताउनुभयो ।

उहाँले जिल्ला कार्यसमितिमा चुनिएकालाई अनिवार्य बैठकमा सहभागी हुने, जिल्ला, प्रदेश समितिले नियमित आफ्नो गतिविधिलाई जिल्लामा लिखित उपलब्ध गराउने र भौगोलिक विकटताका कारण पार्टी कार्यालयमा हुने बैठकमा सहभागी हुन नसक्ने अवस्थामा पालिकास्तरमै बैठकको आयोजना गरिने बताउनुभयो । ‘अब जिम्मेबारी लिएर पन्छिने छुट कसैलाई छैन’ सभापति गर्बुजाले भन्नुभयो।

जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी सभापति दोस्रो कार्यकालका लागि निर्बिरोध बनाउन सहयोग गर्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदैे थप जिम्मेबारी थपिएको बताउनुभयो । उहाँले चुनाबलाई लक्षित गरी चोक, चियापसलमा पार्टीभित्रका गतिविधिका बारेमा नेताकार्यकर्ताले नै अनावश्यक बहस गर्ने गतिविधिले पार्टीको अभियानमा धक्का लाग्ने बताउनुभयो ।‘सुझाव र आलोचनाको सबै स्वागत गरिन्छ,‘जिम्मेबार नेताहरूले आफ्नो हैसियतलाई बुझ्नुहोला’, सभापति गर्बुजाले भन्नुभयो । उहाँले अधिवेशनसको समापनसँगै आन्तरिक प्रतिस्पर्धा सकिएको बताए । उहाँले अघिल्ला दुई निर्वाचनमा पराजित भएपनि पार्टीले दिएको जिम्मेबारी अनुसार अगाडी बढ्ने बताउनुभयो ।

अधिबेशनमा जिल्ला सभापतिमा गर्बुजा निर्बिरोध भएपनि उपसभापति, सचिब, सहसचिब, सदस्य र महाधिबेशन प्रतिनिधीहरुका लागि बिहिबार मतदान भएको थियो । पटक–पटकको सहमतिमा उम्मेदवार पछि हट्न नमानेपछि भएको मतदानबाट उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी) सचिबमा हिराबहादुर पुन र भरत रकाल, सहसचिबमा श्रीराम पौडेल र धु्रुबराज कार्की निर्वाचित भएको निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले जानकारी दिनुभयो ।

महाधिबेशन प्रतिनिधीमा चिरञ्जबी शर्मा, जिबनकुमार मल्ल, धनबहादुर छन्त्याल, बिक्रम बोगटी, नेत्रबहादुर महत, रेशमबहादुर बानियाँ, मुकुन छन्त्याल, रेशमबहादुर बानिया, बिपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका, चित्रबहादुर केसी, बलभद्र ढकाल, ओमकुमारी फगामी, पुनमकुमारी खोरजा, बिमला गौचन, खिमकुमारी पुर्जा, देबीकुमारी बुढा, धनकुमारी थापा, दिपेन्द्र श्रेष्ठ, बमबहादुर पुन र भिमबहादुर रोका, मनकुमारी बिक, यामबहादुर हर्मेल, अन्जित खान र सुरेन्द्र खत्री निर्बाचित भए ।

अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यहरूमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानिया, अमृता भण्डारी, मनबहादुर शेरपुञ्जा, पुष्पा बानिया बरुवाल, गमबहादुर फगामी पुन, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्करबहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्मरबहादुर थापा, तुलसीदेबी पुर्जा, ललिता तिलिजा, पुर्णबहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने र अमृतमान शेरचन रहेका छन् ।

प्रदेशसभाको दुई वटै निर्बाचन क्षेत्र र चार वटा पालिका समितिमा सर्बसम्मत नेतृत्व चयन भएको थियो । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन भएको थियो । ४५ मध्य बेनी नगरपालिका–५ र अन्नपूर्ण गाउँपालिका–६ को बाहेकको वडा कार्यसमिति पनि सर्बसम्मत चयन भएको थियो । ४५ वटा वडाको अधिबेशनबाट चयन भएका ७३८ जना प्रतिनिधी मध्य ७१२ जनाले रातीसम्म लाइनमा बसेर मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार