नेपालको वृहत शान्ति सम्झौता लोकतन्त्रतर्फको बाटो : अमेरिकी दूतावास

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले १५ वर्षअघि भएको वृहत् शान्ति सम्झौतापछि नेपाल लोकतान्त्रिक बाटोमा अग्रसर भएको बताएको छ ।आइतबार अमेरिकी दूतावासले ट्वीट गर्दै वृहत् शान्ति सम्झौता सवैधानिक भएको र सम्झौताले नेपाललाई लोकतान्त्रिक मागर्मा अग्रसर गराएको बताएको हो ।

‘पन्ध्र वर्षअघि नेपालका शासक तथा राजनीतिक नेताले दशक लामो हिंसा अन्त्य गर्दै र नेपाललाई लोकतन्त्रको मार्गमा अग्रसर गराउँदै वृहत शान्ति सम्झौताका लागि एकजुट भएका थिए’, अमेरिकी दूतावासको ट्वीट सन्देशमा भनिएको छ ।

त्यस्तै अमेरिकाले ‘संवैधानिक, पारदर्शी र सबैसँगको छलफलपछि भएको शान्ति सम्झौता’मार्फत् नेपालमा मानव अधिकारको थप संरक्षण र सशक्त एवं उत्थानशील लोकतन्त्र निर्माणका लागि निरन्तर सहयोग गर्ने समेत दूताबासको भनाइ छ ।

‘हामीले मानव अधिकार रक्षा र सशक्त एवं मजबुत लोकतन्त्र निर्माणका लागि अमेरिकासहित नेपाल र अन्य मुलुकको यात्रामा सँधै सहयोग गर्ने छौं’, दूतावासको ट्वीटरमा भनिएको छ, ‘हामीले संवैधानिक, पारदर्शी र सबैसँगको छलफलपछि भएको शान्ति सम्झौतामार्फत् यस प्रयासमा निरन्तर प्रोत्साहित गरेका छौं।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार