मुस्ताङबाट बेनी आउँदै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते

बेनी । हिमाली जिल्लामा मुस्ताङको थासाङ गाउँ पालिका वडा नं. १ म पर्ने म्हन्सिङ खोला नजिकै आज बिहान जिप दुर्घटना भएको छ । बिहान करिब ४:४५ बजेतिर उक्त दुर्घटना भएको हो । जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार घाइते हुनेहरुमा कास्की जिल्ला , अन्नपूर्ण गाउँपालिका वडा नं .३ काँडे बस्ने चालक वर्ष २४ को भिजन बि.क , ताप्लेजुङ जिल्ला ,महिखोला गाउँ पालिकाका ३० वर्षिया कल्पना श्रेष्ठ , दोलखा जिल्ला , भिमेश्वर गाउँ पालिका वडा नं. ५ बस्ने ४५ वर्षिया मैयाँ थापा , सोहि ठेगानाका ५२ वर्षिय बाबुराम थापा र २४ वर्षिया अनिशा थापा गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय जोमसोमका निरीक्षक आशिष अधिकारीले बताउनुभयो ।

घुम्तिमा जिप अनियंत्रित भई सडकदेखि करिब २० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । मुस्ताङको कोबाङ प्रहरी चौकीका प्रसनी नेत्र जिटिको कमाण्डमा आएको ४ जनाको टोलिले घटनास्थलबाट घाइतेहरुलाई तुरुन्तै उद्दार गरि जोमसोम अस्पताल पठाएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । घाइते हुने दुईजना कल्पना श्रेष्ठ र अनिशा थापा जोमसोम शिक्षालय मुस्ताङमा कार्यरत हुन्। उनीहरु दुबैजना छुट्टीमा घर जान लागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार