म्याग्दीमा १९ औँ जेसीज कप फुटवल प्रतियोगिता हुने

म्याग्दी । म्याग्दी जेसिजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा सञ्चालन हुनेछ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगताको तयारीबारे जानकारी दिईएको हो । ‘खेलाडीहरुको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल, जेसिजकप फुटवल’ भन्ने मूल नाराका साथ प्रतियोगीता आयोजन गर्न लागिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितालाई सफल रुपमा सम्पन्न गर्नका लागि आर्थिक संकलन, प्रचार प्रसारका काम सुरु गरिएको शाखा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगीतामा बिजेता विद्यालयलाई रनिङ्ग ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद रु ५२ हजार २ सय २२ रुपैयाँ र उपविजेता विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २ सय २२ रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको  प्रतियोगिताका मुल संयोजक कुमार बानियाँले जानकारी दिनुभयो ।

१९ औँ जेसिजकप फुटवल प्रतियोगीताको मूल संयोजक कुमार बानीयाँ, जुरी संयोजकमा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, र सह संयोजकमा विष्मा श्रेष्ठ र बिनोद घर्ति रहनु भएको शाखा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगीता संचालनका लागि अनुमानित आम्दानी १० लाख ६५ हजार र अनुमानित खर्च ८ लाख ६८ हजार हुने शाखा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतियोगीतामा उत्कृष्ट खेलाडी (धमानसिंह अवार्ड), सर्वाधिक गोलकर्ता (लक्ष्मी पुतली अवार्ड), उत्कृष्ट लोलरक्षक (इन्द्र अवार्ड), उत्कृष्ट डिफेन्डर (सरस्वती अवार्ड), उत्कृष्ट स्ट्राइकर (रामजी अवार्ड), उत्कृष्ट मिडफिल्डर (माया अवार्ड) रार्इजिङ प्लेयर (धन अवार्ड), उत्कृष्ट प्रशिक्षक (कृष्ण प्रसाद एककुमारी अवार्ड) नगद रु २ हजार ५०० सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ र अनुशासित टिमलाई (झलक खगेश्वरी अवार्ड) नगद रु ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कोभिड १९ का कारण अघिल्लो बर्ष जेसिजकप फुटवल स्थगीत भएको थियो । सन् २००१ बाट सुरु भएको जेसिजकप फुटवल प्रतियोगीता १९ औँ संस्करण सम्म आईपुग्दा जिल्लामा धेरै खेलाडीहरु उत्पादन गर्न सफल भएको म्याग्दी जेसिजका पुर्व अध्यक्ष खम थापाले बताउनुभयो । पत्रकार सम्मेलनमा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष श्रेष्ठ, पुर्व अध्यक्ष थापा, नि. वर्तमान अध्यक्ष एवं राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल लगाएत जेसिजका वर्तमान पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार