बेनी । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र `ख´को कोषाध्यक्षमा छकेन्द्र पुन र सहकोषाध्यमा पिपला बुढा मगरलाई मनोनीत गरिएको छ । सोमबार बसेको नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को पहिलो कार्यसमितिको विशेष बैठकले कोषाध्यक्ष( आर्थिक संयोजक ) को रुपमा पुन र सह-कोषाध्यक्षमा बुढा मगरलाई मनोनित गरेको सचीव हिमाल गुरुङले जानकारी दिनुभयो । बैठकले लोकबहादुर पुनलाई प्रवक्तामा मनोनीत गरेको छ । क्षेत्रीय सभापति टंकप्रसाद पुनको सभापतित्वमा बैठक बसेको हो ।