गाउँपालिकाद्धारा बेगखोला जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरिया खर्च दिने

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगंगा गाउँपालिका–१ बेगमा सोमबार साँझ जीप दुर्घटना हुँदा वडा सदस्य सहित चार जनाको मृत्यु र चार जना घाइते भएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले घाइतेलाई जनही एक लाख रुपैयाँका दरले उपचार खर्च उपलब्ध गराइने जानकारी दिनुभयो । मृतकका परिवारलाई किरिया खर्चका लागि पचास हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । बेनी देखि बेगको सिम जाँदै गरेको ग १ ज ७२५१ नम्बरको जीप औल स्थित घुम्तीमा दुर्घटना हुँदा बेगकी वडा सदस्य गौमाया बिक, चालक दुढबहादुर थापा, यात्रु खेम पुन (खिम) र खिमानन्द शर्माको मृत्यु भएको थियो ।

याे पनि...

https://myagdinews.com/2021/11/%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a5%80%e0%a4%aa-%e0%a4%a6%e0%a5%81%e0%a4%b0%e0%a5%8d%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ae-%e0%a4%85%e0%a4%aa%e0%a4%a1/

मृतक र घाइते सबै बेगका हुन् ।घाइतेमा हुनेमा स्थानीय ५४ बर्षिय बलबहादुर बिक ,३० वर्षिय ज्ञानु शेरपुर्जा ,२३ बर्षिय मनोज पुन ,र २० वर्षिय बिसुन फगामी रहेका छन् ।घाइते चार जनालाई थप उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार जिप सडक देखि करिब तीन सय मिटर तल खसेको थियो । मंगलबार बिहानै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताउनुभयो ।

याे पनि…

https://myagdinews.com/2021/11/%e0%a4%ac%e0%a5%87%e0%a4%97%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%ac%e0%a5%8b%e0%a4%b2%e0%a5%87%e0%a4%b0%e0%a5%8b-%e0%a4%9c%e0%a5%80%e0%a4%aa-%e0%a4%a6%e0%a5%81%e0%a4%b0-2/

यसैगरी रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा र प्रशासकीय अधिकृत अमृत सुबेदीले मंगलबार शोक बिज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । वडा सदस्यको निधन भएको शोकमा गाउँपालिका, शाखा र वडा कार्यालय तथा बेगका बिद्यालयहरु मंगलबारका लागि बन्द गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार