मलाई न्याय चाहियो : ओली

काठमाडौँ । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास वालकोट पुगेका नेपाल बारका पदाधिकारीसँग ओलीले न्याय माग्नुभएको छ । उहाँले आफू पटक–पटक अन्यायमा परेको भन्दै आफूले अहिलेसम्म न्याय नपाएको र न्याय चाँहिएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘मलाई २०२७ सालमा अनेरास्ववियु खोलेको नाममा मुद्दा लगाइयो र हराइयो, त्यस यता पटक–पटक मुद्दा लगाइयो तर, सधै हरायो अहिलेसम्म न्याय पाइएन । यस कारण मलाई न्याय चाहियो ।’ उहाँले थप्नुभयो ‘अहिलेसम्म गल्ती गरिएन र गर्दै गर्दिनन् ।’

उहाँले अहिले पैसा हुनेले न्याय पाउने र पैसा नहुनेले न्याय नपाउने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले न्याय पैसामा किन बेच भएको भन्दै आफू पनि अहिलेसम्म न्याय किन्न नसकेर अन्यायमा परेको बताउनुभयो । उहाँले यो अवस्था परिवर्तन गर्नको लागि अहिले बारका वकिलहरुले आंसिक रुपमा मात्र मुद्दा उठाएको बताउनुभयो।

ओलीले भन्नुभयो, ‘अहिलेको विषयमा तपाईहरुले उठाएको मुद्दा आंसिक मात्र हो । अदालत रुपान्तरणको लागि हो भने यो ठिक छ ।’ उहाँले न्यायालय सुधारको विषयमा एमाले अहिले पनि रहेको बताउनुभयो । उहाँले यो मुद्दालाई पूर्णता दिनु पर्ने बताउनुभयो। उहाँले विकलहरुलाई भन्नुभयो, ‘तपाईहरुले उठाएको मुद्दा २० प्रतिशत मात्र हो, यसलाई १०० प्रतिशत बनाएर उठाउँनुस्’अहिले न्यायायलको भूमिका न्यायालय जस्तो नभएको ओलीको भनाइ छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार