अमेरिकाको मिशिगनको हाइस्कुलमा १५ वर्षे विद्यार्थीद्वारा गोलीबारी, तीनको मृत्यु ८ घाइते

एजेन्सी । अमेरिकाको मिशिगनमा एक हाइस्कुलमा भएको गोलीबारीमा तीन विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षकसमेत आठ जना घाइते भएका छन् ।

अधिकारीका अनुसार मृत्यु हुनेमा १६ वर्षका किशोर, १४ वर्षकी बालिका र एक १७ वर्षकी किशोरी समावेश छन् । प्रहरीका अनुसार एक १५ वर्षका संदिग्धले सेमी–अटोमेटिक ह्यान्डगनबाट १५ देखि १५ गोली चलाए र एक्लै यो घटना घटित गराए ।

डेट्रोयटबाट लगभग १५ मिल टाढा अक्सफोर्ड शहरमा गरिएको हमलाको पछाडि हमलाकर्ताको उद्देश्य के थियो, त्यो स्पष्ट हुन सकेको छैन ।अकल्याण्डका स्थानीय अधिकारी माइक मेककेबेले मंगलबार अक्सफोर्ड हाई स्कूल बाहिर एक पत्रकार सम्मेलनमा आपतकालीन सेवाका लागि स्थानीय समयानुसार १२ः५१ मा फोन आएको जानकारी दिए । संदिग्ध विद्यार्थीले प्रहरी आएको पाँच मिनेट भित्रै आत्मसमर्पण गरेको जानकारीमा उल्लेख छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार