सुरक्षा गार्डको हत्या गरी लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । सहकारीका सुरक्षागार्डको हत्या गरी लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुस्थित हिमचुली बहुउद्देशीय सहकारी संस्थामा कार्यरत सुरक्षा गार्ड ६७ वर्षीय पूर्णबहादुर खड्काको हत्या भएको हो ।

उनको हत्या गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले दुई जनालाई पक्राउ गरेको हो। दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर १ जुगुका २७ वर्षीय विक्रम कार्की र २० वर्षीय सुमन कार्कीलाई पक्राउ गरेको हो।विक्रमलाई प्रहरीले काठमाडौंको तीनकुने र सुमनलाई चुच्चेपाटीबाट बुधबार पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो।

गत कात्तिक १० गते एक अज्ञात समूहले सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिएको खबर प्रहरीले पाएको थियो। त्यस्तै, उनीहरूले सहकारीबाट एक लाख ८५ हजार ७८० रुपैयाँ लुटेर फरार भएका थिए।फरार भएको दुई दिनपछि खड्काको शव जुगुको जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ।जंगलमा डोरीले खुट्टा र हात पछाडि बाँधिएको र मुख खादाले बाँधेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक महतोले बताउनुभयो।

उनीहरूको निधारमा चोट पनि फेला परेको थियो। सोही घटनामा उनीहरूको पहिचान गरी ब्युरोले पक्राउ गरेको हो। उनीहरूबाट मृतक खड्काबाट लुटिएको फोन र बाँकी एक लाख ३८ हजार २३५ रुपैयाँ नगद बरामद गरेको छ। उनीहरूमाथि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दोलखा पठाइएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार