बुढीगण्डकी जलविद्युत् आयोजना आफ्नै कार्यकालमा सुरु गर्ने अर्थमन्त्री शर्माको घोषणा

धादिङ । अर्थमन्त्री जर्नादन शर्माले बुढीगण्डकी बनाउने आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताउनुभएको छ । त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बुढीगण्डकीको काम थाल्ने बताउनुभएको हो ।

त्रिपुरासुन्दरीको न्वागी मेला जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरुले मुआब्जासमेत बुझिसकेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताउनुभयो । विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार