त्रिपुरासुन्दरी मन्दिरबाट भगवतीको मूर्ति चोरी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकै पुरानो र ऐतिहासिक त्रिपुरासुन्दरी गाउँपालिकाको तौथली बजारस्थित सयौ वर्ष पुरानो त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएको हो ।

सयौँ वर्ष पुरानो सुनको जलप प्रयोग गरीएको भगवतीको मूर्ति र कलशका साथै पुरानो विष्णुको दुईवटा कलात्मक मूर्ति चोरी भएको त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो।

पुरातत्व विभागको सहयोगमा अहिले मन्दिरको गजुर राख्ने काम भइरहेको छ । भुकम्पपछि अस्थायी टहरोमा मूर्ति राखी पूजा गरिँदै आएको थियो । मंगलबार राति अपरिचित युवकहरू मोटरसाइकलमा आएको स्थानीयहरूले देखेको बताउनुभएको छ ।

मन्दिरको ढोका खुला देखेको र हेर्दा मूर्ति कलश नरहेको स्थानीयहरूले पाएपछि प्रहरीलाई खबर गरेका थिए । यसअघि २०२५ र २०४२ सालमा गरी दुईपटक त्रिपुरासुन्दरी देवीको मन्दिरबाट मूर्ति चोरी भएका थिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार