काठमाडौँ । आयात बढेका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन रकम बढाएको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले चकलेट, चुइङ्गम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ । यस्तै गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको छ । karobardailyबाट