परीक्षामा चिट चोर्न नदिएको भन्दै आरआर क्याम्पसका शिक्षकमाथि कुटपिट

काठमाडौँ । चिट चोर्न नदिएको भन्दै काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीले शिक्षकलाई कुटेका छन् । स्नातक तहको आन्तरिक परीक्षा दिइरहेका छात्रले सो कलेजका शिक्षक प्रकाश पुडासैनीलाई कुटपिट गरेका हुन् ।

परीक्षामा सहभागी कुवेर जेठाराले शिक्षकलाई कुटपिट गरेको बताइएको छ । ब्याचलर इन सोसल वर्क (बिएसडब्ल्यु) पढाउँदै आउनुभएको हो पुडासैनीको टाउकोमा चोट लागेको छ । उहाँलाई बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचारका लागि भर्ना गर्न गरिएको छ । उहाँमाथि आक्रमण गर्ने विद्यार्थी फरार छन् । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार