काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आठौं महाधिवेशन अन्तरगत बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ‘२१ औं शताब्दीमा नेपाली समाजवादको नेपाली बाटो’को शीर्षक परिवर्तन गर्न सुझाव आएको छ ।
उपत्यका विशेष प्रदेशको समूहमा भएको छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा टोली नेता जगत सिम्खडाले प्रतिवेदनको शीर्षक परिवर्तन गरेर ‘समाजवादी क्रान्तिको नेपाली बाटो’ राख्न उपयुक्त हुने समूहमा सुझाव आएको बताउनुभयो ।
उहाँले छलफलमा प्रचण्ड पथलाई ब्यूँताइनु पर्ने सुझाव समेत आएको बताउँदै कार्यकर्तालाई उत्पादनमा जोडिनुपर्ने बताउनुभयो । सातौँ महाधिवेशनमा ल्याइएको उत्पादन ब्रिगेड किन कार्यान्वयन हुन सकेन भन्नेबारे पनि समीक्षा हुनुपर्ने बताउनुभयो । रातोपाटीबाट