प्रदेश २ सरकारले ६१० गरीब र विपन्नको घर बनाइदिने

जनकपुरधाम । प्रदेश २ सरकारले गरीब र विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ ।त्यसका लागि नेपाली कांग्रेसका नेता स्व। महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाइएको छ । यो योजना अन्तर्गत प्रदेशको आठै जिल्लामा ६ सय १० जना विपन्नको घर निर्माण गरिने प्रदेश सरकारले जनाएको छ ।शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ ।

यो कार्यविधि अनुसार प्रदेशमा ६ सय १० विपन्न परिवारको आवास निर्माण गरिने प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताउनुभयो । उनका अनुसार आठ वटै जिल्लाको प्रत्येक प्रदेश सभा क्षेत्रमा १० परिवारको घर निर्माण गरिने छ ।असहाय र विपन्न एकल महिला, आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने उनले बताउनुभयो ।

प्रति आवास कुल पाँच लाख रुपैयाँमा भित्ता प्लास्टर गरेको र छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने घर निर्माण गरिने मन्त्री साहले बताउनुभयो । ‘आवास निर्माणको प्रक्रिया दु्रत गतिमा अगाडि बढाइनेछ’ उहाँले भन्नुभयो ।शुक्रबारको मन्त्रिपरिषद बैठकले दलित सशक्तिकरण नियमावली पनि स्वीकृत गरेको छ । अनलाइनखबरबाट

सम्बन्धित समाचार

thumbnail

सरकारसँग कोरोनाविरुद्धको एक करोड १४ लाख ४५ हजार मात्रा खोप स्टक

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारसँग कोरोनाविरुद्धको खोप एक करोड १४ लाख ४५ हजार ४८८ मात्रा स्टक रहेको जनाउनुभएको छ । कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्ष पूरा…

thumbnail

यो संसदीय सुनुवाइ समिति रहनु र नरहनुको औचित्य छैन : देव गुरुङ

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नरहेको बताउनुभएको छ ।शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै प्रमुख सचेतक गुरुङले अहिलेसम्मको अनुभवलाई…

thumbnail

थप ६८२७ जनामा कोरोना संक्रमण, १० को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ८ सय ६९ जनाको नमूना परीक्षण गर्दा…